वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति भण्डारीद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, पुरानै कार्यक्रमलाई निरन्तरता

अर्थटुडे
२०७४ जेष्ठ ११, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी आर्थिक बर्ष २०७४/७५का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । विहिबार राष्ट्रपति भण्डारीले ब्यवस्थापिका संसदमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् ।

यसपटक सरकारको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमहरु समेटिएका छैनन् । सरकारको नीति तथा कार्यक्रममो पुनर्निर्माण तथा उर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी, राष्ट्रिय गौरबका आयोजना र क्रमागत आयोजनालाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको नीति रहेको छ ।

पूर्वपश्चिम विद्युतीय रेल, सुरुङ्गमार्ग र रेलमार्गर्ला प्राथमिकता दिइने भएको छ । यस्तै स्थानीय र प्रदेशस्तरीय सडकमा न्यूनतम लेन अनुसारको सडक संजाल निर्माण गर्ने सरकारको कार्यक्रम छ । त्रिभुवन विमानस्थलको स्तरोन्नती, निजगढ विमानस्थलको निर्माण लगायत अन्य विमानस्थलको स्तरोन्नती तथा  निर्माणलाई  नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ। यस्तै बुढीगण्डकी जलविद्युत आयोजना जस्ता ठूला आयोजनाको निर्माणलाई समेत प्राथमिकतामा राखेको छ ।

यस्तै राजश्व कर र भन्सार प्रशासनमा सुधार गर्नुका साथै गैर बैंकिङ वित्तीय क्षेत्रको लगानीलाई विकासमा खर्च गरिने नीति तथा कार्यकममा उल्लेख छ। यस्तै मूल्यबृद्धिलाई नियन्त्रणमा राख्ने तथा सार्वजनिक खरिद प्रणालीलाई स्तरीय बनाउनमा पनि कार्यक्रम लक्षित देखिएको छ। स्थानिय तहको वित्तीय व्यवस्थापन र क्षमता विकास गर्नुका साथै औद्योगिक लगानी भित्र्याउने वातावरण बनाउन आवश्यक नीतिगत सुधार गर्न पनि कार्यक्रम लक्षित छ ।

यस्तै माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य बनाइने छ । माध्यमिक तहसम्मको विद्यालय स्थानीय तहलाई दिइने छ । सामुदायिक विद्यालयहरुलाई नमुना रुपमा संचालन पनि गरिने भएको छ । खुल्ला विश्वविद्यालय पनि संचालन गरिने सरकारको कार्यक्रम छ ।

स्वास्थ्यलाई मौलिक हककारुपमा स्थापित गर्दै आधारभूत स्वास्थ्यलाई निशुल्क गरिनेछ । र, आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तह अन्तर्गत राखिने छ । सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै वृहत खालका सामाजिक सुरक्षाका थप कार्यक्रमहरु ल्याइने पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ