काठमाडौं । सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दै संविधान कार्यान्वयन, संघियता कार्यान्वयन भूकम्प पीडितलाई राहत, रोजगार बृद्धिलगायतका विषयमा केन्द्रीत रहि बजेट निर्माण गरिएको बताए ।
बजेटमा चालु खर्च ८ खर्व २ अर्व ५३ करोड र पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याइएको छ । त्यस्तै स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
बजेटमा सरकारले राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड, साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ । यसैगरी २ खर्ब १४ वाह्यीय ऋण र १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाइने सरकारी योजना छ ।
बजेटमा उल्लेख प्रमुख कार्यक्रम यस्ता छन्
-बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने र विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ ।
-कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गर्ने ।
-नयाँ आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने
-सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइने ।
प्रतिक्रिया