वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हकप्रद सेयर जारीका लागि तिन बैंकको एकैदिन बुक क्लोज

अर्थटुडे
२०७४ जेष्ठ १६, मंगलवार

काठमाडौं । माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र पूर्णिमा विकास बैंकको हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज भएको छ । मंगलबारदेखि ति बैंकहरुको बुक क्लोज भएसँगै नेपाल स्टक एक्स्चेन्जले मूल्य समायोजन गरेको छ ।
माछापुच्छ्रे बैंकले १२ प्रतिशत, सिद्धार्थ बैंकले ३० प्रतिशत र पूर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद दिँदै छन् । मूल्य समायोजन गरेसँगै माछापुच्छ्रे बैंकको कारोबार ३८० रुपैयाँबाट सुरु हुनेछ । सिद्धार्थ बैंकको ५३८ रुपैयाँ र पूर्णिमा विकास बैंकको ३४० रुपैयाँबाट कारोबार हुनेछ ।

माछापुच्छ्रे बैंकले हकप्रदबाट हुन आउने ७९ लाख १८ हजार ४४० कित्ता शेयर निष्कासन गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब ९१ करोड रुपैयाँ पुग्ने छ । सिद्धार्थ बैंकले हकप्रदबाट हुन आउने एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता शेयर निष्कासन गरेसँगै बैकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै पूर्णिमा विकास बैंकले हकप्रदबाट हुन आउने ८ लाख ८० हजार ९६२ कित्ता शेयर निष्कासन गरेसँगै बैंकको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ