काठमाडौं । सिद्धार्थ बैंकले दिन लागेको ३० प्रतिशत हकप्रद सेयरको जेठ २५ देखि आवेदन खुल्ला गरेको छ । सो हकप्रदका लागि असार २८ गतेसम्म आवेदन दिने म्याद रहेको बैंकले जनाएको छ । सो हकप्रद सेयरका लागि जेठ १४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।
बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको १ करोड ५७ लाख ५२ हजार ५७८ रुपैयाँ बराबरको एक लाख ५७ हजार ५२ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो बैंकको हकप्रद सेयरका लागि लगानीकर्ताले सिद्धार्थ बैंकको हात्तिसार, काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, लक्ष्मी क्यापिटल लिमिटेड, वानेश्वर, र सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको हकप्रद निष्कासन तथा विक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया