वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसीको सेयर कारोबार रोक्का, पुँजीबृद्धिमा पनि कम्पनी रष्ट्रिारको रोक

अर्थटुडे
२०७४ जेष्ठ १६, मंगलवार

काठमाडौं । एनसीसी बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले पाटन अदालतको आदेश अनुसार अर्को निर्णय नभएसम्मका लागि सेयर कारोबार रोक्का गरेको हो ।

मंगलबार पाटन अदालतले एनसीसी र एपेक्सको छुट्टाछुट्टै हिसाबकिताब राख्न अन्तरिम आदेश दिएको छ । हिसाब बेग्लाबेग्लै गर्नू भनेकाले सेयर कारोबार पनि रोक्नुपर्ने अवस्था आएको नेप्सेले जानकारी दिएको छ ।

विभिन्न विकास बैंकलाई गाभेको एनसीसी बैंक पछिल्लो समय समस्यामा परेको छ । अहिलेसम्म साधारण सभा गर्न सकेको छैन । पुँजी बढाउन ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना पनि कम्पनी रजिष्ट्रार कार्यालयको आदेशपछि रोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ