काठमाडौं । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा सम्झौता भएको छ । आइतबार नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी) बीच सो आयोजना निर्माण बनाउने सहमतिपत्रका हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री जनार्दन शर्मा र गेजुवा गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा चिनियाँ राजदूतको पनि उपस्थिती रहेको थियो ।
चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा लगाउने निर्णय यसअघि मन्त्रीपरिषद्को बैठकमा नै निर्णय भएको थियो। सम्झौतापत्रमा हस्ताक्षर भैसकेपछि अब बुढीगण्डकी आयोजना निर्माणको काम अघि बढाउन चिनियाँ कम्पनीलाई बाटो खुलेको छ ।
प्रतिक्रिया