वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक तथा वित्तिय संस्थामा सञ्चालक घटाउन राष्ट्र बैंकको निर्देशन

अर्थटुडे
२०७४ जेष्ठ २२, सोमबार

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा सञ्चालकको संख्या घट्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संचालकको संख्या घटाउन सोमबार निर्देशन दिएपछि सञ्चालकहरु घट्ने भएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागु भएसंगै राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न यस्तो निर्देशन दिएको हो । सोमबार राष्ट्र बैंकले प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न सबै बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले क देखि घ वर्गसम्मका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई साधारण सभा वा विशेष साधारण सभा बोलाएर प्रचलित कानुन बमोजिम कायम गर्न निर्देशन दिएको हो । हाल बैंक तथा वित्तिय संस्थामा ९ देखि ११ जनासम्म सञ्चालक राख्न पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ