काठमाडौं । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मूलुकलाई विकासको चरणमा लैजान युद्धस्तरमा काम गर्ने बताएका छन् । बुधबार अर्थमन्त्रीको सपथ ग्रहगापछि अर्थमन्त्रालयमा पदभार ग्रहण गदै उनले नेपाललाई विकासको चरणमा लैजान र बजेटले तोकेको आर्थिक बृद्धिदरलाई भेट्टाउन निरन्तर काम गर्ने बताएका हुन् ।
उनले आफू जलस्रोत मन्त्रीहुदाको कथा सुनाउदै अर्थमन्त्री कार्कीले अर्थमन्त्रीको काम र कारबाहीको लागि आफू सक्षम रहेको दावी समेत गरे । मूलुकमा भर्खरै लागु भएको संघीयता कायान्वयन गर्नु सरकारको पहिलो काम रहेको बताउँदै उनले आफ्नै कार्यकालमा दुरदराजका जनतालाई पनि महसुस हुने गरी काम गर्ने बताए ।
अर्थसचिव शान्तराज सुवेदीले २३ बर्षपछि देश सकारात्मक अरुपमा आर्थिक बृद्धिको दिशामा अगाडि बढेको भन्दै नयाँ अर्थमन्त्रीले यसलाई अझ अगाडि बढाउने विश्वास गरे । सोही कार्यक्रममा राजश्व सचिव राजन खनालले पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया