वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल तिव्र आर्थिक बृद्धि हासिल गर्नेमा विश्वमा तेस्रो

अर्थटुडे
२०७४ जेष्ठ २९, सोमबार

काठमाडौं । नेपालले विश्वमा नै तेस्रो तीव्र आर्थिक बृद्धिदर हासिल गर्ने प्र्रक्षेपण गरिएको छ । वल्र्ड इकोनोमिक फोरमले विश्व बैंकको तथ्यांकमा आधारित रहेर सन् २०१७ मा नेपालले विश्वमै तेस्रो तिव्र आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । दक्षिण एशिया भने नेपाल पहिलो स्थानमा नै रहेको छ ।

सन् २०१७ मा तीव्र आर्थिक वृद्धि गर्ने देशमा पहिलो स्थानमा इथियोपिया र दोस्रो स्थानमा उज्बेकिस्तान पर्ने प्रक्षेपण गरेको छ । पहिलो स्थानमा रहेको इथियोपियाको ८.३ प्रतिशत, दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको ७.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ भने तेस्रोमा रहेको नेपालको वृद्धिदर ७.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

यसरी नेपालले ७.६ प्रतिशत बृद्धिदर हासिल गरेमा यो वृद्धिदर २३ वर्षयताकै उच्च हुने मानिने छ । सन् २०१५ मा गएको भूकम्पपछिको पुनर्निर्माण नै वृद्धिदरको आधार हुने फोरमको रिपोर्टमा उल्लेख छ । त्यस्तै भारत पनि  तिव्र आर्थिक बृद्धिदर हासिल गर्नेमा चौथो स्थानमा रहेको छ । दक्षिण एशियाली दुई राष्ट्रहरु बंगलादेश र भुटान ६.८ प्रतिशत वृद्धिदरका साथ नवौं स्थानमा रहनेछन् ।

वल्र्ड इकोनोमिक फोरम निजी–सार्वजनिक साझेदारीका लागि गठन भएको अन्तराष्ट्रिय संस्था हो । यसको हेडक्वाटर जेनेभामा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ