वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संस्थापकलाई साधारण सेयरमा परिवर्तन गर्ने व्यवस्थालाई स्पष्ट पार्न बोर्डको अनुरोध

अर्थटुडे
२०७४ असार ५, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न पाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रावधानलाई थप प्रष्ट्याउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ । बाफियाको यो व्यवस्थाले लगानीकर्तालाई अन्यौल सिर्जना भएको र सेयर बजारमा समेत प्रभाव पारिरहेको भन्दै यसलाई स्पष्ट पार्न उसले सुझाव दिएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव लिन राष्ट्र बैंकले गरेको कार्यक्रममा बोल्दै कार्यकारी संचालक परिष्टनाथ पौड्यालले बाफियामा उल्लेख गरेको व्यवस्थालाई मौद्रिक नीतिले व्याख्या गर्नुपर्ने सुझाव दिए ।

“सेयर बजारमा स–साना सूचनाले पनि लगानीकर्तालाई प्रभाव पारेको हुन्छ” उनले भने, “संस्थापक सेयर परिवर्तनको व्यवस्थाबारे पनि अन्यौल रहेकाले थ ब्याख्या गर्न आवश्यक छ ।”

बाफियाको दफा ११ को उपदफा ४ मा बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको १० वर्ष पुगेपछि संस्थापक सेयर साधारणमा परिवर्तन गर्न सकिने व्यवस्था छ । तर, यसका लागि पुजी बजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकले स्वीकृति दिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले बनाएको बाफियाको मस्यौदामा सेयर परिवर्तनको कुरा उल्लेख नभएपनि पछि अर्थ मन्त्रालयले संसोधन गरी यो व्यवस्था थपेको थियो । यसमा सांसदहरुले समेत सेयर परिवर्तनको समयसिमा घटाएपछि विवादमा परेको थियो । पछि राष्ट्र बैंकको स्विकृतीमा परिवर्तन गर्ने व्यवस्था राखेर बाफिया पास गरिएको हो ।

हाल बजारमा संस्थापक सेयरको तुलनामा साधारण सेयरको बजारभाउ धेरै छ । यसैगरी बोर्डले सेयर कारोबार व्यापक बनाउन सेयर ब्रोकरको सेबा बैंकहरुले पनि गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ