काठमाडौं जिल्लास्थित सम्पूर्ण सहकारी संघ\संस्थाका सर्वसाधारणलाई सूचना
- कार्यालयले तोकिदिएको कार्यक्षेत्रभन्दा बाहिर बसोबास गर्ने व्यक्तिहरुलाई शेयर सदस्य बनाइ कारोबार नगरौं, शेयर सदस्य नबनौं ।
- त्यस्तै प्रकृतिको अन्य संस्थामा सदस्य नभएका, कालो सूचिमा नपरेका र नेपाली नागरिकता लिएका व्यक्तिलाई मात्र सदस्य बनाऔं ।
- सदस्य भन्दा बाहिर (गैर सदस्य) सँग कारोबार (बचत तथा ऋण) नगरौं ।
- अन्य कुनै सहकारी संस्थाको संचालक वा लेखा समितिमा रहेका व्यक्तिलाई संचालक तथा लेखा समितिमा नराखौैं ।
- संस्थाको रकम संचालक समितिका पदाधिकारीको निजी व्यवसायमा लगानी नगरौं, घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा होइन पर्याप्त धितो (सुरक्षण) लिएर सदस्यलाई उद्यमी बनाउने व्यवसायीक क्षेत्रमा मात्र लगानी गरौं ।
- अरुलाई लोभ्याउने खालका प्रचारप्रसारमूलक बिज्ञापन नगरौं । संस्थाको स्विकृत विनियम तथा कार्यक्षेत्र अध्ययन गरेर मात्र सदस्य बन्ने तथा कारोबार गर्ने गरौं ।
- मुद्दति खाता नखोलौं, ३ वर्षभन्दा कम अवधिको आवधिक निक्षेप मात्र स्विकार गरौं ।
- सदस्यले गरेको लगानी र बचत रकमको आधारमा उनीहरुबीच कुनै विभेद नगरौं ।
- संस्थालाई सुधारमुखी तुल्याउन लेखा समितिलाई सक्रिय बनाऔं ।
- ऋणमा लिने र बचतमा दिने व्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी नगरौं ।
- कार्यालयको स्विकृत नलिइ संस्थाको कार्यालय सार्ने, सेवा केन्द्र संचालन गर्ने र विनियम भन्दा बाहिरको काम गर्ने नगरौं, संस्थाको सेवा र उपभोग गर्ने गर्दा स्विकृत विनियमका प्रावधान अनुसार मात्र गरौं ।
- कानूनको उल्लंघन ठहरिने अन्य कार्य समेत नगरी दण्ड सजायबाट बचौं ।
- लेखापरिक्षण प्रतिवेदन, संस्थाको वार्षिक प्रतिवेदन साधारणसभाबाट पारित गराइ यथा समयमा कार्यालयमा पेश गरौं ।
- संस्थाबाट सिर्जना हुने कुनै पनि कागजात संघसंस्थाको अध्यक्षबाट प्रमाणीत र छाप लगानी मात्र कार्यालयमा पेश गरौं ।
- आफ्नो संघ\संस्थाको copomis User ID कार्यालयबाट लिइ आफ्नो विवरण यथासमयमा अद्यावधि गरौं ।
थप जानकारीका लागि www.deoc.gov.np, www.dcoktm.gov.np वेवसाईटलाई नियमित रुपमा हेरौं ।
प्रतिक्रिया