काठमाडौं । असार २० गतेबाट बाग्मती अञ्चलमा पेट्रोल बिक्री नगर्ने व्यापारीको धम्कीका कारण अधिकांस पेट्रोल पम्पमा उपभोक्ताको लाइन लाग्न थालेको छ । पम्पहरुमा आइतबारदेखि नै सर्वसाधारण लाइन बसेर पेट्रोल लिन बाध्य छन् ।
बन्दको हल्लासँगै इन्धन अभाव हुने डरमा सर्वसाधारणहरुले आवश्यक्ता भन्दा बढी तेल खरिद गर्न थालेकाले लाइन लाग्न थालेको हो । कतिपय उपभोक्ताहरुले ग्लानीनमा समेत तेल भरेको पम्पहरुमा देख्न सकिन्छ ।
पम्पहरुमा लामो लाइन लागेपनि यसबारेमा नेपाल आयल निगमले केही बोलेको छैन ।
प्रतिक्रिया