वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आन्तरिक राजस्व विभागका प्रमूख चुणामणी शर्मासँग तीन अर्ब धरौटी माग

अर्थटुडे
२०७४ असार १५, बिहीबार

काठमाडौं । आन्तरिक राजस्व विभागका प्रमूख चुणामणी शर्मासँग हिरासतबाट छुट्नको लागि तीन अर्ब धरौटी माग गरिएको छ । कर छुट दिएको आरोपमा पक्राउ परेका  शर्मालाई तारेखमा छुटाउने गरी तीन अर्ब धरौटी माग गरिएको हो ।

आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा कर छुट दिएको आधारमा शर्मासँग तीन अर्ब रुपैँया धरौटी माग गरेको अख्तियारले जनाएको छ । उनीसँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको छ ।

शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । शर्मा कर फस्र्यौट आयोगमा रहदा अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।

आरोपमा फरार रहेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो । अख्तिायरले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै छ । अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।

‘अहिलेसम्म देखिएको बिगोका आधारमा धरौटी मागिएको हो, अझै अधिकांश फाइल खोल्न बाँकी छ’ अख्तियारले भन्यो ‘उनले मागिएको धरौटी बुझाएर तारेखमा धाउने गरी रिहा हुनेछन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ