काठमाडौं । डिसहोमले सर्वसाधरणमा जाने तयारी गरेको छ । निजी क्षेत्रको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले साधारण सेयर जारी गर्ने तयारी सुरु गरेको हो । डिसहोप पहिले प्राईभेट लिमिटेडको रुपमा रहेपनि साधारण सेयर जारी गर्नका लागि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आईतबार मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट त्यससम्बन्धी प्रमाण पत्र प्राप्त भएको जनाएको छ ।
पहिले डिस नेपाल र होम टिभिको रुपमा अलग अलग संचालनमा रहेका कम्पनीहरु मर्ज भएर डिसहोम बनेका थिए । कम्पनीले देशभर बिनातारे प्रबिधिबाट टेलिभिजन हेर्ने सुबिधा उपलब्ध गराउँदै आएको छ । कम्पनीमा प्रभु समूह, ग्लोबल आईएमई समूह लगायतको लगानी रहेको छ ।
नेपाल धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न प्रोत्साहित गर्ने नीति ल्याएपछि डिसहोम पनि सर्बसाधारणमा जान अघि सरेको हो ।
प्रतिक्रिया