काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी गाभिएर बन्न लागेको लुम्बिनी विकास बैंकले असार २५ गतेदेखि कारोबार थाल्ने भएको छ । दुवै कम्पनीलाई एकिकृत कारोबार थाल्नका लागि बैशाख २८ गते सम्पन्न साधारणसभा, असार १ गते राष्ट्र बैंकबाट अन्तिम स्विकृती र असार १५ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्विकृती प्राप्त भएको छ ।
कम्पनीले मंगलबार सुचना जारी गरी एकिकृत कारोबार सुरु गर्ने जनाएको हो ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा भिबोर सोसाइटीका हालका अध्यक्ष सुशीलराज पराजुली रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोर सोसाइटीका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल नै रहनेछन् ।
गाभिएपछि बन्ने विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड रुपैयाँ, निक्षेप १७ अर्ब रुपैयाँ, कर्जा १५ अर्ब रुपैयाँ र शाखा संख्या ४९ पुग्नेछ ।
प्रतिक्रिया