काठमाडौं । सरकारी काम गर्ने बाणिज्य बैंकहरुले आगामी शनिवार पुरै दिन कार्यालय खुल्ला गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको राजश्व दाखिला गर्ने अन्तिम दिन असार ३१ गते शनिबार परेपछि बैंक खोल्न निर्देशन दिएपछि सो दिन पनि बैंकहरु खुल्ला नै रहने छन् ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आईपीएस मार्फत भुक्तानी गर्ने व्यवस्था गर्न बैंकहरुलाई भनेको छ ।
साथै राजश्व बुझ्ने र राजश्व दाखिला सम्बन्धी चेकहरु समेत बुझिलिई सोही दिन सेटलमेन्ट हुनेगरी क्लियरिङ मार्फत राजश्व जम्मा गर्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया