वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी लघुवित्तको नाफा पौने ११ करोड

अर्थटुडे
२०७४ श्रावण १, आईतवार

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षमा पौने ११ करोड नाफा गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन नै बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड २४ लाख नाफा गरेको बैंकले ७२ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी ६४ प्रतिशतले वृद्धि गरेपछि नाफा पनि बढेको हो ।
बैंकले २ अर्व १८ करोड लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ