काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो ।
आयोगले विहिबार नै मुद्दा दायर गर्ने लागेकोमा तयारी नपुगेको भन्दै आइतबार मात्र दर्ता गरेको हो ।
कर फस्र्योट आयोगबाट कर उन्मुक्ती दिइ भ्रष्टाचार गरेको अभियोग उनीहरुमाथी छ । यहि विषयमा शर्मालाई प्रक्राउ गरि अनुसन्धान अघि बढाएको हो भने आयोगका अध्यक्ष रहेका महत र सदस्य ढकाल भने फरार छन् । उनीहरुको नाममा अख्तियारले वारेन्ट जारी गरेको छ ।
प्रतिक्रिया