काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणी शर्मा विरुद्धको भ्रष्टाचारको मुद्धा अघि नबढ्ने भएको छ । सर्वोच्च अदालतले शर्मा विरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएपद्धि सो मुद्धा अघि नबढ्ने भएको हो । साथै सर्बोच्चले मुद्दालाई पूर्ण इजलासमा समेत पठाएको छ ।
बुधबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्मा विरुद्धको मुद्धाको पूर्ण इजलासबाट टुंगो नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।
बुधबारको इजलासले कर फर्छ्यौट आयोग न्यायिक, अर्धन्यायिक वा प्रशासनिक कुन निकाय हो भन्नेमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै पूर्ण इजलासबाटै निरोपण गनुपर्ने देखिएको ठहर समेत गरेको छ ।
शर्मा पक्राउ परेपछि उनकी पत्नी कल्पना उप्रेती शर्माले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । सर्वोच्चले उनलाई अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै अख्तियारले विशेष अदालतमा १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया