काठमाडौं । ज्योति विकास बैंकले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहमा एटिएम सेवा सुरु गरेको छ । यस सेवाबाट बैंकका ग्राहकलगायत एससीटी नेटवर्कका सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिनेछ ।
बैंकले हाल देशभर ३२ वटा शाखा, १४ एटिएम र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने र भिसा कम्पनीसँग आवद्घ भई थप सेवा विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले जानकारी दिए ।
प्रतिक्रिया