काठमाडौं । एनएमबी बैंकले गत आर्थिक बर्षमा ३५ प्रतिशतले आफ्नो नाफा बढाएको छ । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब ११ करोड रुपैयाँ थियो । बैंकले व्याज आम्दानीबाट २ अर्ब ५६ करोड,सञ्चालन मुनाफाबाट ३ अर्ब रुपैयाँ नाफा गरेको छ ।
बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड रहेको छ । निक्षेप ७३ अर्ब २२ करोड, कर्जा तथा लगानजी ६१ अर्ब ६२ करोड, बेस रेट १०.१२ रहेको छ । त्यस्तै बैंकले निष्कृय कर्जा १.६६ प्रतिशत रहेको छ । त्यस्तै बैंकले गत आर्थिक बर्षमा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ । बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया