काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । गत बैशाखबाट का.मु सिइओको रुपमा काम गर्दै आएका गुरुङले आइतबारबाट कार्यभार सम्हालेका हुन् ।
यसअघिका सिइओ किशोर महर्जनको कार्यकाल साउन १२ गते सकिएको थियो ।
दुई दशक बैंकिङ क्षेत्रमा बिताएका गुरुङले यसअघि हिमालयन, ग्लोबल, मेगा बैंकमा काम गरिसकेका छन् ।
प्रतिक्रिया