वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभुको नाफा पौने दुई अर्ब, प्राइमले सहजै पुर्याउने भयो ८ अर्ब चुक्ता पुँजी

अर्थटुडे
२०७४ श्रावण २०, शुक्रबार

काठमाडौं । प्रभू बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड खुद नफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ११ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । विगत समस्यामा परेको दुईवटा बाणिज्य बैंकहरु ग्राण्ड र किष्ट बैंकलाई किनेर र मर्जर गरेर आफूमा समाहित गराएको प्रभू बैंकले अहिले सम्म पनि लगानीकर्ताहरुलाई लाभांस दिन सकेको थिएन ।

बैंकले गत आर्थिक बर्षमा ४.२९ प्रतिशतमा राखेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो कर्जा ८.३८ प्रतिशत रहेको थियो । त्यस्तै बैंकको सेयर आम्दानीमा पनि ५२ प्रतिशतले बृद्धि गरेको छ । बैंकको गत आर्थिक बर्षमा २९.७८ प्रतिशत प्रतिसेयर आम्दानी गरेको छ । बैंकले गत बर्षमा ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरेको छ भने ६१ करोड ९७ हजार कर्जा लगानी गरेको छ ।

बैंकले बिगतमा डुबेको कर्जा असुली गरेर एक अर्ब ७२ करोड रुपैयाँ कर्जा नोक्सानी कोषबाट फिर्ता ल्याएको छ । बैंकको पुँजीकोष खुम्चीएको छ । त्यसैले बैंकले पुँजीकोषमा रकम थप्नुपर्ने अवस्था आएको छ । बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउनको लागि नेपाल धितोपत्र बोर्डमा ४० प्रतिशतको हकप्रद प्रस्ताव लगेको छ । सो प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पुँजी सजिलै आठ अर्ब पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी प्राइम कमर्सियल बैंकले पनि गत आर्थिक बर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको हालको चुक्तापूँजी ६ अर्ब ३२ करोड रहेको छ । बैंकले २९ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुँजी आठ अर्ब पुर्याउने छ । बैंकको प्रतिसेयर आम्दानी २३.४४ रहेको छ भने ०.७८ प्रतिशत रहेको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा ६५ अर्ब ८६ करोड निक्षेप तथा ५७ अर्ब ७१ करोड कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ