वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काभ्रे बस व्यवसायी संघको निष्कर्षः साझा यातायातलाई काभ्रे पस्न रोक्ने

अर्थटुडे
२०७४ श्रावण २०, शुक्रबार

बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीहरु क्रुद्ध भएका छन् । स्थानीय यातायात व्यवसायीहरुले साझा यातायातलाई बन्द गराउने चेतावनी समेत दिएका छन् ।

काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औं साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायी एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । उनले सरकारको स्पष्ट नीति नहुँदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा चार खर्ब रुपैयाँको लगानी भएको बताए ।

हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताए ।

अरनिको यातायात व्यवसायीका अध्यक्ष श्याम लामाले साझा यातायातले दिने भन्दा सेवा सुविधा बढाएर बस सञ्चालन आवश्यक भएको बताए । काभ्रे बस व्यवसायी संघका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताए ।

झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ