वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंक पनि अर्बपति क्लवमा

अर्थटुडे
२०७४ श्रावण २२, आईतवार

काठमाडौं । माछापुच्छ्रे बैंकपनि अर्बपति क्लवमा उक्लिएको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैययाँ खुद  नाफा कमाएर अर्बपति क्लवमा उक्लिएको हो । यो नाफा अघिल्लो बर्षको तुलनामा ४४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक बर्षमा ८९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुई अर्ब ३२ करोड रुपैयाँ गरेको छ भने खराब कर्जा ०.३७ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ ।  बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्षको भन्दा बढेर १७.४८ प्रतिशतमा पुगेको छ । अघिल्लो आर्थिक बर्षमा पुँजीकोष अनुपात १२.२३ प्रतिशत रहेको थियो ।

बैंकले गत आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब ८६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजीबाट बढाएर छ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा दुई अर्ब ५१ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ