वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड

अर्थटुडे
२०७४ भाद्र २, शुक्रबार

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड नाफा गरेको थियो ।

बैंकले शुक्रबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार निक्षेप, कर्जा लगानीमा पनि सामान्य विस्तार भएको छ । गत आवसम्ममा बैंकले ९५ अर्ब ९ करोड निक्षेप संकलन गरी ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्तापुँजी ५ अर्ब ७४ करोड रुपैयाँ रहेको बैंकको संचित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ०.५१ प्रतिशत, स्प्रेडदर ४.४ र सीडी रेसियो ७६.९४ प्रतिशत र प्रतिसेयर आम्दानी ४३.७८ रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ