काठमाडौं । पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा अध्ययन गर्न इन्डियन ओयल कर्पोरेसन (आइओसी) को चार सदस्यीय टोली अमलेखगञ्ज आइपुगेका छन् । ओईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली अमलेखगंज आइपुगेको जानकारी पाइएको छ ।
तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो । अन्नपुर्ण दैनिकमा समाचार छ ।
सेनाको मुख्यालयमा यसैसाता भएको मल्टिपर्पस छलफलमा फास्ट ट्याकसम्बन्धी जिम्मेवारी पाएको नेपाली सेनाको युनिट, नेपाल आयल निगम, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, बाहिरी चक्रपथ आयोजना, रेल विभाग, सस्पेन्सन ब्रिजलगायत बहुसरोकारवाला निकायको सहभागिता थियो ।
उता, भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने विषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दैछन् ।
प्रतिक्रिया