काठमाडौं । विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले कर बुझाएका छैनन् । वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई नबुझाउदा २२ करोडा रुपैयाँ भन्दा बढी बक्यौता बाँकी रहेको छ ।
विगत १० बर्षदेखिको कर उठाउनमा मौनता साज्दै परराष्ट्रमन्त्रालयले साउन १ गतेबाट लागु हुने गरी बैदेशिक भत्ताको अनिवार्य कर बुझाउन परिपत्र जारी गरेको छ । सो परिपत्रमा विगतको करबारे भने केही उल्लेख छैन ।
सरकारले साउन १ गतेबाट वैदेशिक भत्तामा नियोग हेरी १० देखि ३० प्रतिशतसम्म वृद्धि गरेको छ । भत्तामा लाग्ने करमा बृद्धि गरेपछि परराष्ट्रले आर्थिक वर्षबाट कर काट्न परिपत्र जारी गरेको हो । कर तिर्नुपर्ने कतिले परराष्ट्र सेवाबाट अवकाश पाइसकेका छन् भने केहीको मृत्यु भइसकेको छ । नागरिक दैनिकबाट
प्रतिक्रिया