वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फर्स्ट माइक्रोफाइनान्सले फेरी ५० प्रतिशत हकप्रद दिने

अर्थटुडे
२०७४ भाद्र १९, सोमबार

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले फेरी ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  सञ्चालक समितिको निर्णयलाई साधारण सभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन गर्ने छ ।

त्यस्तैगरी कम्पनीले १५ बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.७९५ नगद लाभांश दिने पनि निर्णय गरिसकेको छ ।
कम्पनीले यसअघि वैशाख २८ देखि जेठ ३१ गतेसम्म पनि ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीले गत आर्थिक बर्ष ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ