काठमाडौं । बिमा समितिले ज्योती लाईफ इस्योरेन्सलाई कारोबार संचालनका लागि अन्तिम स्विकृती दिएको छ । कम्पनीले सोमबारबाट सेवा सुरु गरिसकेको छ ।
२ अर्व २० करोड चुक्ता पुँजी रहेको कम्पनीमा ४२ जना सेयरधनी रहेका छन् ।
जीवन बिमा व्यवसाय संचालनका लागि समितिको सिफारिसमा अर्थ मन्त्रालयबाट १० कम्पनीले सैद्धान्तिक सहमति पाएका थिए । ती कम्पनीहरुलाई तीन महिनाभित्र पुँजी कायम गर्न बिमा समितिले जेठ पहिलो साता निर्देशन दिएको थियो ।
हालसम्म ९ कम्पनीले पुँजी कायम गरी संचालन अनुमति लगेका छन् भने महालक्ष्मी लाईफ इस्योरेन्सले पुँजी पुर्याउन सकेको छैन ।
प्रतिक्रिया