वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन बरामदको कमीसनका लागि प्रहरीविच नै विवाद

अर्थटुडे
२०७४ भाद्र २१, बुधबार

काठमाडौं । सुन बरामदको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले कमिसनका लागि थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीले कमिसनका लागि थोरै व्यक्तिको मात्र नाम प्रतिवेदनकमा राखेपछि विवाद भएको विश्वस्त सुत्रको दावी छ । उप्रेतिले सुन बरामदको लागि महाशाखाका अधिकांस प्रहरीको उत्तिकै हात हुदा पनि धेरैलाई बाड्दा थोरै हात पर्ने भएकोले धेरै कमिसनका लागि थोरै व्यक्तिको नाम लेखेको स्रोतको दावी रहेको छ ।

पछि एसएसपी दिवस लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ