वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दरबारमार्गका व्यापारीले सरकारी टोलीलाई अनुगमन गर्न दिएनन्,दुई वटा ब्राण्डेड घडी पसलमा सिलबन्दी

अर्थटुडे
२०७४ भाद्र २१, बुधबार

काठमाडौं । दरबारमार्गका ब्राण्डेड पसलहरुले गर्ने ठगी रोक्नका लागि गरिएको अनुगमनमा व्यापारीहरुले अवरोध सिर्जना गरेका छन् । बुधबार आपूर्ति व्यवस्थापन विभागबाट अनुगमनका लागि गएको चारवटा टोलीले दरबारमार्गमा रहेका ब्राण्डेड पसलहरुमा अनुगमन गर्न खोज्दा व्यवसायी सबैजसो पसल बन्द गरेर अबरोध गरेका हुन् ।

उनीहरुले अनुगमनका लागि गएका कर्मचारीहरुलाई समेत हातपातको प्रयास गरेका थिए । अनुगमनलाई रोक्न व्यापारीहरुले नाराजुलुस समेत गरेको अनुगमनमा खटिएका कर्मचारीहरुले जानकारी दिए । उनीहरुले ’राज्य आतंक बन्द गर’ भन्दै नारा लगाएका थिए ।

अनुगमनमा अवरोध गरेपछि कर्मचारीले प्रहरीकिो सहायतामा उपभोक्ता ठग्ने ब्राण्डेड पसलमा सील गरेको थियो । अनुगमनका क्रममा कर्मचारीहरुले बढी मुल्यमा घडी विक्रि भएको पाइएपछि वाच एण्ड सी र सुलक्स सेन्टरमा सिल गरेको छ ।

अनुगमनका क्रममा ब्राण्डेड घडी बिक्री गर्ने सुलक्स सेन्टरले ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँमा बिक्री गरेको थियो भने वाच एण्ड सीले ४५ सयको घडी १३ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दरबारमार्गमै रहेको एमबिए इन्टरनेशनलले भने २० प्रतिशत मात्रै मुनाफा लिएर घडी बिक्री गरेको पाइएपछि अनुगमन टोलीले कुनै कारवाही नगरि फर्किएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ