वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रामीण विकास बैंकको एफपिओ मंगबारदेखि, आइपिओकै मूल्यमा पाइने

अर्थटुडे
२०७४ भाद्र २३, शुक्रबार

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले जारी गर्न लागेको ९ करोड ७५ लाख रुपैयाँ बरारको ९ लाख ७५ हजार कित्ता एफपिओ (फरदर पब्लिक अफरिङ) का लागि मंगलबारबाट आवेदन खुल्ले भएको छ । एक सय रुपैंया अंकित सेयरमा प्रिमियम मूल्य समावेश नगरी बैंकले एफपिओ जारी गर्न लागेको हो ।

एफपीओमा आवेदन दिनका लागि आगामी मंगबारदेखि शुक्रबारसम्मको समय तोकिएको छ । उक्त समयभित्र सम्पूर्ण सेयरका लागि आवेदन नपरे मात्र समयावधि बढीमा असोज १० गते बढाउन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले उक्त शेयरका लागि कम्तीमा ५० कित्तादेखि बढीमा ४७५० कित्ताका लागि आवेदन दिन सकिन्छ । नयाँ नियमावलीअनुसार प्रत्येक आवेदकले १० कित्ता सेयर प्राप्त गर्ने ग्यारेन्टी गरिएको छ ।

यससेयर निष्कासन पूर्ण रुपमा आश्वा प्रणालीबाट मात्र हुनेछ । आश्वा सेवा भएका बैंक तथा वित्तीयबाट फर्म भर्न सकिनेछ । यसैगरी आवेदन गर्न चाहनेले हितग्राही खाता पनि खोलेको हुनुपर्ने व्यवस्था छ ।

क्षेत्रीयस्तका ५ वटा विकास बैंक मर्ज भइ बनेको बैंकमा नेपाल सरकारको सबैभन्दा बढी १९ करोड, नेपाल राष्ट्र बैंकको २ करोड तथा ११ ओटा वटा वाणिज्य बैंक, लघुवित्त कम्पनी सहकारी संस्था, प्राइभेट फर्म र सर्वसाधारणसमेतको लगानी छ ।

हाल दोस्रो बजारमा बैंकको सेयर मूल्य ७ सय हाराहारीमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ