काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रबन्धकका लागि प्रारम्भिक चरणमा पाँच जना प्रतिस्पर्धीको नाम छनौट गरेको छ ।
मन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोज कुमार ज्ञवाली र सिताराम थपलियालाई छनोट गरेको हो । शैक्षिक योग्यता र ब्यावसायिक कार्ययोजनाको परीक्षाबाट प्राप्तांकको नतिजाका आधारमा छनौट गरिएको मन्त्रालयले जनाएको छ । पाँचजनालाई ब्यावसायिक योजना र थप अन्तर्वार्ताको लागि बोलाइने र त्यसैका आधारमा छनोट गरिने मन्त्रालयले जनाएको छ ।
ब्यावसायिक योजना र अन्तर्वार्तापछि मन्त्रालयले नियुक्तिकालागि तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउने छ । त्यसका आधारमा मन्त्रीपरिषद्ले एक जनालाई नियुक्ती दिनेछ ।
प्रतिक्रिया