वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकले भारतबाट नेपालमा रकमान्तर गर्ने सम्बन्धमा ट्राभल तथा टुर अपरेटरसँग छलफल गर्यो

अर्थटुडे
२०७४ भाद्र २३, शुक्रबार

काठमाडौं । एभरेष्ट बैंकले नेपाल ट्राभल तथा टुर एजेन्ट संघले भारत बाट नेपाल सजिलो तथा भरपर्दो माध्यमबाट रकम पठाउन सकिने सम्बन्धी अन्तक्रिया गरेको छ । नेपाल ट्राभल तथा टुर एजेन्ट संघका अध्यक्ष मधुसुदन आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठको उपस्थितिमा भारतबाट सहज ढङ्गले नेपाल रकम पठाउने सुबिधा बारेमा ट्राभल तथा टुर एजेन्टसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

बैंकले भारतको पन्जाव नेशनल बैंकको इन्डो नेपाल रेमिट्यान्स मार्फत पनि रेमिट्यान्स रकमान्तर गर्दै आएको छ । यस सुबिधामा ग्राहकहरुले पन्जाब नेसनल बैंकका शाखाहरु, पन्जाब नेसनल बैंकको मोबाइल वा इन्टरनेट बैकिंग सुबिधा तथा व्यवसायिक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्नेछन् ।

उक्त कार्यक्रममा इन्डो नेपाल रेमिट्यान्सको विस्तृत जानकारी बैंकका नायब महाप्रबधंक राजीव जेनले दिए ।
बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत संजाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ