वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेस्रो साराङ्गकोट महोत्सव सम्पन्न, दश दिनमा ४० हजार पर्यटक भित्रिए

अर्थटुडे
२०७४ भाद्र २५, आईतवार

पोखरा । दश दिनसम्म चलेको तेस्रो साराङ्गकोट महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । उक्त महोत्सब भदौ १६ गते सुरु भएको थियो । करीब ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको उक्त महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको भएको आयोजकले बताए ।

बिभिन्न उत्पादन र खाद्या स्टल एवं मनोरञ्जनात्मक प्रस्तुतीहरु महोत्सवका आर्कषण थिए । बिभिन्न सांगीतिक समुहको प्रस्तुती, पर्यटन दौड, रत्यौली प्रतियोगिता, दुना टपरी प्रतियोगिता तथा स्थानीय संस्कृतीहरुको बेजोड प्रस्तुतीले महोत्सवको आकर्षण बढाएको थियो

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन महोत्सव अबधिभर भएका बिभिन्न खेलका विजयीहरुलाई कास्की क्षेत्र नम्बर ४ की सांसद सीता गिरीले सम्मान पत्र र पुरस्कार वितरण गरेकी थिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ