वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकका कर्मचारी अर्यालको कसरी भयो मृत्यु ?

अर्थटुडे
२०७४ भाद्र ३०, शुक्रबार

काठमाडौं । मेगा बैंक लिमिटेडका एक बहालवाला कर्मचारीको बुधबार मृत्यू भएको छ । मृत्यू हुनेमा मेगा बैंक रसुवाको स्वाफ्रुवेसी शाखामा कार्यरत बानेश्वरका करिब ३० बर्षीय सुरभ अर्याल रहेका छन् । उनको राती आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार उनको मृत्य’हर्ट अट्याक्कका’कारण भएको हो ।

अर्यालले मंगलबार दिनभर कार्यालयको काम गरेका थिए । ‘राती उनी आफ्नो कोठामा सुत्न गएको र बुधबार विहान कार्यालय समयमा कार्यालयमा नआएपछि कोठमा गएर हेर्दा उनको मृत्यु भइसकेको थियो’, मेगा बैंकका कर्मचारीहरुले भने । उनको शवलाई विहिबार बेलुका मात्र काठमाडौं ल्याइएको थियो । यस घटनाले मेगा बैंकमा हंगामा भएको छ ।

किन मयो मृत्यु ?
नबिल बैंकबाट जागिरे जिवन सुरु गरेका अर्याल मेगा बैंकमा सुरुवातदेखि नै कार्यरत थिए । करिब दुई बर्ष अघि मेगा बैंकको म्यानेजमेन्टले उनलाई स्याफ्रुवेसी शाखामा सरुवा गरेको थियो । त्यता सरुवा गरेदेखि नै अर्याल हप्तामा एक पटक काठमाडौ आएर एच्आर म्यानेजर राजेन्द्र सुवेदीलाई भेटी काठमाडौं सरुवा गरिदिनका लागि आग्रह गरिरहेका थिए ।

बुबा प्यारालाइसिसले थलिएको र हेरचाह गर्ने मानिस नभएकोले पनि उनी काठमाडौमा आउन चाहन्थे । उनको मेगा बैंकमा आएदेखि नै एक पटक पनि बढुवा भएको थिएन । सँगै जागिर खाएका साथिहरु हाकिम भइसक्दा पनि आफ्नो यौटा समेत बढुवा नहुदा उनमा एक प्रकारको निरासा छाएको थियो । उनी केही महिना यता फेसबुकमा पनि निरास खालका स्ट्याटसहरु अपडेट गरिरहन्थे । सोही कारण आफूलाई तनावबाट मुक्ति हुनका लागि  उनी अत्याधिकमात्रमा रक्सी सेवन गर्थे । रक्सी सेवन गरेकै कारण उनको ज्यान गएको हुनसक्ने बताइएको  छ ।

बैंकका युनियन अध्यक्ष कृति वाग्ले बैंकले अर्यालको शव लिनका लागि एचआर म्यानेजर सुवेदी सहित युनियनका सचिब र वाग्लेलाई स्याफ्रवेसी पठाएको थियो । तर त्यहाँ एम्बुलेन्सले शव ल्याउन नमानेपछि केही ढिला भएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ