काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । विपन्न बर्गका व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर मृगौला तस्करहरुले उनीहरुको मृगौला तस्करी गर्ने गरेको पाइएको छ । मृगौला तस्करीमा अस्पताका दुई कर्मचारीहरु संलग्न रहेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले छानविन थालेको छ ।
मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको रहस्य बाहिर आएको छ । २०७३ पुस २० गते म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला झिकेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
कागजी प्रक्रिया पुरा गर्नका लागि मृगौला तस्करहरुले नक्कली नागरिकता बनाएका थिए । पोखरामा बसेर निर्माण सम्बन्धी काम गर्ने खत्रीलाई त्यहीका नारायण जीसीले यौटा मृगौला दिए १० लाख रुपैयाँ नगद ऋणमा गाडी र जागिर उपलव्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । खत्रीले आफूलाई भनेजति रकम नदिएपछि उनले मुख खोलेका हुन् ।
शनिवार प्रकाशित नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया