काठमाडौं । ग्लोबल आइएमई बैंक थानकोट शाखाले त्यसक्षेत्रका जनप्रतिनिधिहरु तथा बासिन्दाहरुसँग बैंंकिङ सम्वन्धी अन्तरक्रिया गरेको छ ।
बैंकले प्रदान गरिरहेको सेवा सुबिधा तथा बैंकिङ सेवाको आवश्यकताबारे सो कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाले अत्याधुनिक बैंकिङ सेवा, बैंकको व्याजदर सम्वन्ध तथा भुकम्प पिडित लाई आवास कर्जा लगायतका बिषयमा जिज्ञासाहरु राखेका थिए ।
त्यसैगरी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बृद्ध भक्ता वितरण, शाखा रहित बैंकिङ सेवा लगायत अन्य सुबिधाहरुको माध्यमबाट त्यसक्षेत्रका बासिन्दामा बैंङि सेवाको पहुचँ पुर्याउन आफुहरुले बैंकसंगको सहकार्यमा जोड दिने बताए ।
कार्यक्रममा उठेका विषयहरुको बारेमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंब व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थी तथा सहायक महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले उत्तर दिएका थिए ।
प्रतिक्रिया