वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा आवेदन खुल्यो

अर्थटुडे
२०७४ आश्विन १८, बुधबार

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको साधारण सेयर (आइपीओ) मा आजदेखि आवेदन खुलेको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको माइक्रोफाइनान्सले बुधबारदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको छ ।

सो कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा असोज २३ गते सम्म रहेको धितोपत्र तथा विक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कुल एक लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसैगरी पाँच प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

लघुवित्तको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिने एनएमबी क्यापिटलले जनाएको छ ।

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । सपोर्ट माइक्रोफाइनान्सले पुर्वका १० जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आइरहेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तिय संस्थाले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उसको जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ