वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न तीनजना प्रहरीद्धारा पेस्तोसहित पक्राउ

अर्थटुडे
२०७४ आश्विन २३, सोमबार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार हत्यालगत्तै तीन जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन् । उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न विनम्र आग्रह समेत गरे ।

मन्त्री शर्मालाई गौचनको हत्याको घटनास्थलसम्म जान भने सुरक्षाकर्मीले रोकेका थिए । मन्त्री शर्माले अहिले गृहमन्त्रालय फर्किएर प्रहरी अधिकारीहरुको आकस्मिक बैठक बोलाइसकेका छन् भने हत्याराको पनि केही क्षणमा नै पर्दाफास गरिने मन्त्री शर्माले जानकारी दिए ।

सिभिल अस्पतालका डा विमल थापाका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको थियो, अस्पताल ल्याउँदा उनको श्वासप्रश्वास चलेको थिएन । गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली (बीचको) अझै भेटिएको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ