वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेरोजगार युवाहरुमा खुशीको खबर, ९८ हजारलाई म्यादी प्रहरीमा जागीर

अर्थटुडे
२०७४ आश्विन २४, मंगलवार

काठमाडौं । नेपाल प्रहरीले ९८ हजार २६८ जना म्यादी प्रहरी नियुक्त गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनमा ५५ दिनका लागि म्यादी प्रहरीमा भर्नाका लागि आवेदन मागेको हो ।

प्रहरीले मंगलबार सूचना प्रकाशित गरी काठमाडौं उपत्यकामा प्रहरी परिसर जिल्लाहरुमा जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

म्यादी प्रहरीमा जागिर खानको लागि १८ वर्ष पुरा भएर ५४ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने छ । म्यादी प्रहरीमा जागिर खानको लागि कात्तिक १ गतेसम्म प्रहरी कार्यालयमा आवेदन दर्ता गर्नुपर्ने र कात्तिक १० गते छनोट गरिसक्नेछ ।

म्यादी प्रहरीले प्रहरी जवान सरह महनिाको १७ हजार २३० रुपैयाँ तलव र अन्य सुविधा पाउने छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ