वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चुलिंदै गएको व्यापार घाटा कम गर्न घरेलु तथा साना उद्योगका उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छः वाणिज्यमन्त्री

अर्थटुडे
२०७४ आश्विन २५, बुधबार

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको प्रष्ट पारे ।

नेपालको व्यापारको अवस्था कहाली लाग्दो अवस्थामा रहेको भन्दै उनले भने –‘हामीले व्यापार गर्न नै जानेनौं, अलिक बढी मेहनत गरेर घरेलु उत्पादनलाई उच्च गुणस्तरीय बनाउन सक्यौं भने अन्तराष्ट्रिय बजारका लागि हाम्रा प्रतिष्पर्धी नै कोही हुने छैनन्, यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्नुका साथै चुलिंदै गएको व्यापार घाटा कम गर्न सकिनेछ ।’

घरेलु तथा साना उद्योग फष्टाउनका लागि पहिलो शर्त गुणस्तर र त्यसपछि परिमाण भएको भन्दै उनले भने –‘अब यस्ता उद्योगहरूलाई समूहगत रूपमा विकास गर्दै लैजानुपर्छ सहकारीको माध्यमबाट, अब मुलुकका लागि बचत तथा ऋण सहकारी होइन हस्तकला, घरेलु उद्योग जस्ता विषयगत सहकारीको अवधारणा विकास गर्नुपर्छ ।’

छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्राण्ड नै विग्रँदै गएकोे भन्दै मन्त्री विश्वकर्माले भने छिटो नाफा कमाउने लोभमा हाम्रा ब्राण्डहरू चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्राण्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृतिले विगा¥यौं धन्य अलैंची भने छिमेकी मुलुकमा नपाईने भएकाले बचेको छ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ