काठमाडौं । नेपाल वायुसेवा निगमले लिलाममा राखिएको जहाज बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिबी एयरवेजले किन्ने भएको छ । लामो समय देखि बिक्री नभएको सो जहाज भवन भट्ट समूहको बिबी एयरबेजले किन्ने भएको हो ।
बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । तर पनि सो जहाज विक्रि भएको थिएन । १७ करोड मुल्य तोकेर लिलामीमा राखेको सो जहाँज भट्ट समूहले १४ करोडमा खरिद गर्न लागेको हो । अन्य कम्पनीहरुले १२ करोड भन्दा कममा नै टेन्डरमा आवेदन गरेपनि बिबी एयरवेजले भने १४ करोड मुल्य राखी आवेदन दिएकोले मुल्य घटाएरै भएपनि बिबी एयरवेजलाई जहाँज बिक्रि गर्न लागिएको निगम स्रोतले जानकारी दिएको छ ।
निगमको जहाँजको नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ लाग्ने भएकोले करिव दुई बर्षदेखि जहाँज उड्न सकेको थिएन । १ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । १९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो ।
प्रतिक्रिया