काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ह्योल्मो सांस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ ‘म्येर्चा कुमा’ (परम्परागत शैलीमा बनाइने ह्योल्मो समुदायको घर) बनाउनका लागि अनुमति दिएको छ । ह्योल्मो जातिहरुको परम्परागत संस्कृतिलाई जोगाइ राख्न प्राधिकरणले परम्परागत शैलीका थप तीन प्रकारका घरहरु बनाउन अनुमति दिएको हो ।
२०७२ बैशाख १२ गतेको विनासकारी महाभूकम्पका कारण ह्योल्मो समुदायको घरहरु सबै भत्किएको थिए । भत्किएका घरहरुको पुनः निर्माण गर्दा परम्परागत शैलीको बनाउनुपर्ने उनीहरुको माग थियो ।
प्राधिकरणले स्वीकृति दिएका २३ वटा मोडलमा आफ्नो परम्परा संस्कृति जगेर्ना हुने खालका कुनैपनि मोडल नपरेकोले ह्योल्मोको परम्परागत कला र संस्कृतिलाई जगेर्ना हुने खालको मोडल ल्याउनुपर्ने माग ह्योल्मो समुदायहरुको रहेको थियो ।
त्यसैले हिल नेपाल र ह्योल्मो फाउन्डेसनले संयुक्त रुपमा पुनः निर्माण प्राधिकरणमा ह्योल्मो जातिको कला संस्कृतिको संरक्षणका लागि ‘म्येर्चा कुमा’ बनाउन स्वीकृतिका लागि आग्रह गर्दै निवेदन दिएका थिए ।
उनीहरुको आग्रह र सिफारिस अनुसार नै प्राधिकरणले भदौ २६ गते ‘म्येर्चा कुमा’ बनाउनका लागि स्वीकृति दिएको हो । सो स्बीकृतिसँगै ह्योल्मो समुदायले स्बीकृति प्राप्त तीन प्रकारका मोडल अनुसार नै घर बनाउन पाउने छन् । ‘म्येर्चा कुमा’ सरकारले भुकम्प पिडितलाई राहस्वरुप दिएको तीन लाख रुपैयाँमा नै बन्ने ह्योल्मो फाउण्डेशनका महासचिव एवं हिल नेपालका निर्देशक टासी लामा ह्योल्मोले जानकारी दिए ।
उनले म्येर्चा कुमा बनाउदा दुई तले पनि बनाउन सकिन्छ तर यो भूकम्प प्रतिरोधी हुनु जरुरी रहेको छ । ह्याल्मोका अनुसार ‘म्येर्चा कुमा’ ढुंगा र माटो, इट्टा र बालुवा वा दुवै प्रयोग गरेर पनि बनाउन सकिन्छ ।
म्येर्चा कुमाका लागि प्राधिकरणले तयार पारेका नमूनाहरु यस्ता छन् हेर्नुहोस् :
प्रतिक्रिया