वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा काँग्रेस र कम्युनिष्ट गरी दुई पार्टी मात्र हुनु आवश्यक : रक्षामन्त्री प्रधान

अर्थटुडे
२०७४ आश्विन २८, शनिबार

काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरु बिच एकता हुनुपर्ने बताएका छन् ।

अमेरिका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरु बिच एकिकरण हुनुपर्ने बताए ।

नेपालका काम्युनिष्टहरु बिचको एकताले काँग्रेसलाई कुनै असर नगर्ने दावी गदैं मन्त्री प्रधानले राणा शासन देखि राजा सम्मलाई फाल्ने काँग्रेस कम्युनिष्ट गठबन्धन संग नडराउने बताए ।

नागरिक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा सुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री मन्त्री प्रधानले तारकेश्वरमा काम गरेर आफनो पहिचान बनाउन संस्थाका पदाधीकारीलाई सुझाब दिए ।

कम्युनिष्ट गठबन्धन पछि काँग्रेसले र्निवाचनमा जान डरायो भनेर बाहिर गरिएको हल्ला निराधान रहेको बताए । प्रधानले भने काँग्रेसले जे भनेको थियो त्यो गर्दछ र गरेकोपनि छ माघ ७ सम्म सवै र्निवाचन सम्पन्न गर्नेछौं भनेर घोषणा पनि गरेको थियो हामी गरेर छाडछौं । गिरीजाबाबुले सत्ता बाजी राखेर माओवादीलाई ८५ सिट संसदीय व्यवस्थामा ल्याएको उदाहारण दिंदै प्रधानले भने भने कम्युनिष्ट गठबन्धनले काँग्रेसलाई हराउने होइन जिताउन सहयोग पुगेको छ ।

मन्त्री प्रधानले संसदीय र्निवाचनमा आफुले क्षेत्रनं ६ बाटनै चुनाव लडने बताँउदै आफुलाई हराउन कुनै कम्युनिष्टले नसक्ने दाबी गरे । मन्त्री प्रधानले भने यो क्षेत्रमा मेरो निकै ठुलो योग्दान र लगानी छ,त्यसेले यो क्षेत्रबाट म चुनाव लडदै छु ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ