काठमाडौं । नेपाली कांग्रेसको रसुवाबाट समानुपातिक उम्मेदवारको सिफारिसमा परेका मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई ८८ किलो सुन तस्करीको आरोपमा प्रहरीले सोमबार काठमाडौँको स्वयंभूबाट पक्राउ गरेको हो ।
उनी नेपाल(केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् भने कांग्रेसबाट आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा समेत परेका छन् ।
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो सुन तस्करीमा तामाङको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दावी छ ।
प्रतिक्रिया