काठमाडौं । ज्योती विकास बैंकले राप्तिभेरी विकास बैंकलाई एक्विजिसन गरेपछि बन्ने एकिकृत बैंकले कात्तिक ८ गतेदेखि कारोबार सुुरु गर्ने भएको छ । एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृति दिएपछि संयुक्त कारोबार सुरु गर्न लागेको हो ।
ज्योति बैंकले राप्तिभेरीलाई १ बराबर १ सेयर स्वाप रेसियोमा गाभेको हो । एक्विजिसनपछि ज्योतिको पूँजी २ अर्ब ३५ करोड रुपैयाँ पुुग्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्व ५० करोड हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया