काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपिजी ग्यासको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०० रुपैयाँ, मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ पर्ने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । यसैगरी डिजेलको मूल्य २ रुपैयाँ बढेर ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।
नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको हो। मुल्य समायोजन पश्चात निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ।
प्रतिक्रिया