काठमाडौं । बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बैकर अनिल केशरी शाह मेगा बैंकबाट बाहिरिने भएका छन् । उनी मेगा बैंक छाडेर अब सेन्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा जाने भएका हुन् ।
मेगाको स्थापना कालदेखि सीईओ भएका शाहको कार्यकाल मंसिरमा सकिदै छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (बाफिया)ले एकै सस्थामा दुई कार्यकाल भन्दा बढी सिइओ बस्न नपाउने प्रावधान भएसँगै मेगा बैंकमा उनको अवधि सकिएको हो ।
सञ्चालकहरुले चाहेको खण्डमा अझ एक कार्यकाल थप्न सक्ने भएपनि शाहलाई सञ्चालकहरुले नै नचाहेकोले उनी मेगाबाट बाहिरिएका हुन् ।
नेपाल राष्ट्र बैंक सेञ्चुरीका सञ्चालक समिति र शाहबीच बिहीबार सहमति भएको छ । बाफीया अन्तर्गत मेगामा २ कार्यकाल बस्न नमिल्ने भएकाले सेन्चुरी जाने शाहले जानकारी दिए । उनले मेगासँग भएको सम्झौता सकिएपछि सेन्चुरी जाने स्पष्टपारे ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि (वाफीया) ऐनमा एउटा बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ । सो ऐन लागु भएपछिको दुई कार्यकाल भनेर पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले अथ्र्याइ रहेका छन् भने नेपाल राष्ट्र बैंक पनि सोही मान्यतामा अडिग रहेको छ । अनुजमणी तिमिल्सिनाले सीईओ पदबाट राजीनामा दिएपछि हाल सेञ्चुरीमा कामु सीईओको रुपमा जीवन भट्टराईले काम गरिरहेका छन् ।
शाह नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् । शाह बाहिरिएसँगै मेगा बैंकमा अनुपमा खुन्जेली प्रमूख कार्यकारी अधिकृत हुनेछिन् । खुन्जेलीले मंसिरदेखि आफ्नो पदभार ग्रहण गर्ने छिन् । उनी नेपालको इतिहासमा पहिलोपटक महिला सिइओ समेत हुनेछिन् ।
प्रतिक्रिया